बन्दिपुरमा पनि देखियो कोरोना, एक देखि दुई हप्ता सम्पुर्ण क्षेत्र बन्द गर्न आग्रह

गाउँपालिका भित्र दुई वटा क्वारेन्टाइनमा रहेका आठ जना, दुई जना स्वास्थ्यकर्मी र एक जना सुरक्षाकर्मीलाई समेत कोरोना पोजिटिभ पुस्टि भएको बताइएको छ ।
बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले सोमबार आपतकालिन बैठक राखेर असार ९ गते देखि नै लागु हुने गरि गाउँपालिका बाट दिदै आइरहेको सेवा र बन्दिपुर प्रहरी चौकी एक हप्ताको लागि पुर्ण रूपमा बन्द गर्ने निर्णय भएको बिज्ञप्तिमा बताइएको छ ।
बन्दीपुर गाउँपालिका भित्रको सबै सरकारी तथा गैर सरकारी कार्यालयहरु , बैंक तथा वित्तीय संस्था ,ब्यापार ब्यवसाय लगाएतका सम्पुर्ण सेवाहरु २ हप्ताका लागी पुर्ण रूपमा बन्द हुनेछ ।
