आबुखैरेनी गाउँपालिकाका तिन जनामा कोरोना पोजिटिभ पुष्टि

आबुखैरेनी गाउँपालिकाका तिन जनामा कोरोना पोजिटिभ पुष्टि

तनहुँको आबुखैरेनी गाउँपालिकामा तिनजना लाई कोभिड १९ कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।

आबुखैरेनीको क्वारेन्टाइनमा बस्दै आएका हरुको स्वाब परिक्षण गर्दा आज प्रदेश क्षयरोग परिक्षण प्रयोगशालामा आबुखैरेनीका तीन जना पुरुषमा कोभिड १९ कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेष सामाजिक विकास मन्त्रालय स्वास्थ निर्देशनालय पोखराले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको हो।

क्वारेन्टाइनमा बस्दै आएका ३५,३७ र ४६ बर्षका पुरुषमा कोरोना देखिएपछी गाउँपालिकाले थप सुरक्षा रणनीति अपनाउने तयारी भै रहेको बुझिएको छ। सोमबारनै आबुखैरेनीको छिमेकी स्थानिय तह बन्दिपुरमा एकैदिन ११ जनामा कोरोना पोजिटिभ पुष्टि भए पछि एक हप्ताको लागि बन्दिपुर पुर्णरुपमा बन्द गरिएको छ।