पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सुचारु

मुग्लिन : विहानदेखि पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग ७ घण्टापछि संचालनमा आएका छन् । यस राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरा नजिक पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो । विहान ६ : ३० बजेदेखिअवरुद्ध दिउँसो १ :३० बजेदेखि संचालनमा आएको हो । केही दिनयता लगातार परेको बर्षाका कारण पहिरो खसेको हो ।
सडक अवरुद्ध भएपछि मुग्लिन तर्फबाट गएका र आँबुखैरेनी तर्फबाट आएका सयौँ सवारी साधनहरु रोकिएका थिए । सवारी संचालनसंगै यात्रुहरु अहिले गन्तव्य तर्फ लागेका छन्।
