नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

काठमाण्डौं :  नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० मा उपचारत दैलेख दुल्लु नगरपालिका—३ का ४५ वर्षीय पुरुषको असार ८ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए ।

मृतक लामो समयदेखि क्षयरोग र दम रोगबाट पनि ग्रसीत थिए ।

थप एकजनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।