सहिद लखनको सातौ गाउँ सभा सम्पन्न, आगामी आव २०७७/०७८ को लागि साढे ५२ करोडको बजेट पारित

सहिद लखनको सातौ गाउँ सभा सम्पन्न, आगामी आव २०७७/०७८ को लागि साढे ५२ करोडको बजेट पारित

गोरखा :  सहिद लखन गाउँपालिकाको सातौ गाउँ सभा सम्पन्न भएको छ। गाउँपालिकाको सातौ गाउँ सभा तथा आव २०७७र०७८ को बजेट अधिवेशन आज बुधबार घैरुङमा सम्पन्न भएको हो।

गाउँसभाले विभिन्न विधेयकहरुका साथै आगामी आर्थिक वर्ष २०७७र०७८ को लागि ५२ करोड ४७ लाख ४० हजार ४ सय ५७ रुपैयाँ बराबरको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए।
यस्तै गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७७र०७८ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७७, विनियोजन विधेयक २०७७, सुशासन प्रवद्र्धन निति २०७७, लैंगिक समानता तथा सामाजिक समावेशिकरण निति २०७७ सर्वसम्मत रुपले पारित गरेको छ।