एकाबिहानै गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमणको पुष्टि

एकाबिहानै गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं :   गण्डकी प्रदेशमा आज बिहान थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमितमा म्याग्दीका ६, बागलुङ, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का २–२ र स्याङ्जाका १ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। उनका अनुसार नवलपरासीका नयाँ संक्रमितलाई आइसोलेसनमा राखिसकिएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ५३ पुगेको छ।