कुरिनटारको लम्साल शपिङ कम्प्लेक्समा चोरी प्रयास

कुरिनटारको लम्साल शपिङ कम्प्लेक्समा चोरी प्रयास

इच्छाकामना गाउँपालिकाको कुरिनटारमा अबस्थित लम्साल शपिङ कम्प्लेक्समा गए राती चोरी प्रयास भएको छ।लामोसमय देखि इलेक्ट्रोनिक ग्याजेट ,फर्निचर, बैंक आदि सेवा चल्दै आएको लम्साल शपिङ कम्प्लेक्समा चोरी गर्ने उद्धेश्यका साथ बाहिर लगाइएको दुबै चावी अन्लक गरिए पनि आफ्नो कम्प्लेक्समा डबल सेकुरिटी लक भएको कारण चोरी हुन बाट जोगिएको कम्प्लेक्सका संचालक अस्विन लम्सालले इच्छाखबर लाई बताउनु भएको छ।

राती करिवी १ बजे पुर्व तर्फ बाट आएका दुई जनाले कम्प्लेक्स नजिकै रहेको घुम्टी पसलको चावी फुटाएको र त्यहा भित्र छिरेर एउटा रेडबुल र एउटा फ्रुटी मात्र खाएका थिए। घुम्टि भित्र चोरी गर्ने उद्धेश्यका साथ छिरे पनि चोरी गर्ने महत्त्वपूर्ण कुरा नपाएपछी ती दुई जना कम्प्लेक्सको चावी फुटाउन तर्फ लागेको साथै सिसि क्यामरा छोप्ने प्रयास भएको  सि सि क्यामेरामा रेकर्ड भएको छ।  रडको सहाएताले दुबै चावी फुटाएपनी चोरी गर्न भने अभियुक्त हरु असफल भएका छन।

लक डाउनको कारण  चोरी लुटपाटको घटना बढीरहेको पछिल्लो अवस्थामा कम्प्लेक्समा जोडिएको सिसि क्यामरामा चोरि गर्न आएका हरुको तस्वीर प्रष्ट देखिएकाले अभियुक्त पक्राउ गर्न सहज हुने मुग्लिङ प्रहरीले जनाएको छ।