कुरिनटार स्थित लम्साल सपिङ कम्प्लेसको ताल्चा फुटाउने पक्राउ

कुरिनटार स्थित लम्साल सपिङ कम्प्लेसको ताल्चा फुटाउने पक्राउ

इच्छाकामना :  चितवनको इच्छाकामना ४ कुरिनटार स्थित लम्साल सपिङ कम्प्लेक्समा चोरीको प्रयास गर्ने एक जना अभियुक्त पक्राउ परेका छन। गएराती चोरिको लागि कुरिनटार स्थित लम्साल सपिङ कम्प्लेक्स गएका दुई मध्य एक पोखरा ७ का जेनिश भन्ने गंगा आले लाई चुम्लिङटारबाट स्थानियले नियन्त्रणमा लिएका हुन् । उनी मोटरसाइकल चोरीको अभियोगमा ४ बर्ष जेलपरेर यही असार १० गते जेल बाट मुक्त भएको उनिसंग भएको कागजपत्र अनुसार खुल्न आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।
सिसि क्यामराले कैद गरेको भिडियोको आधारमा उनको पहिचान गरिएको हो ।लामोसमय देखि इलेक्ट्रोनिक ग्याजेट ,फर्निचर, बैंक आदि सेवा चल्दै आएको लम्साल सपिङ कम्प्लेक्समा चोरी गर्ने उद्धेश्यका साथ बाहिर लगाइएको दुबै चावी अन्लक गरिए पनि आफ्नो कम्प्लेक्समा डबल सेकुरिटी लक भएको कारण चोरी हुन बाट जोगिएको कम्प्लेक्सका संचालक अस्विन लम्सालले बताउनुभयो ।
राती करिब  १ बजे पुर्व तर्फ बाट आएका दुई जनाले कम्प्लेक्स नजिकै रहेको घुम्टी पसलको ताल्चा फुटाएको रत्यस भित्र छिरेर एउटा रेडबुल र एउटा फ्रुटी मात्र खाएका थिए। घुम्टि भित्र चोरी गर्ने उद्धेश्यका साथ छिरे पनि चोरी गर्ने महत्त्वपूर्ण कुरा नपाएपछी ती दुई जना कम्प्लेक्सको ताल्चा फुटाउन तर्फ लागेका थिए । सिसि क्यामरा छोप्ने प्रयास भएको सि सि क्यामेरामा रेकर्ड भएको छ। रडको सहायताले दुबै चावी फुटाएपनी चोरी गर्न भने उनिहरु असफल भएका थिए ।

अर्का एक जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।