आबुखैरेनीको हस्पिटलमा कार्यरत स्वास्थ कर्मिमा कोरोना पोजिटिभ पुष्टि

आबुखैरेनीमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको अनुसार लमजुङको बेशिशहर घर भई तनहुँको आबुखैरेनीमा कार्यरत ३८ वर्षिय पुरुष स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो
संक्रमित पुरुषलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
आबुखैरेनीको ब्यस्त हस्पिटलमा कार्यरत स्वस्थकर्मी लाईनै कोरोना पुष्टि भएपछि उक्त हस्पिटलमा उपचारको लागि गएका हरुको कंट्याक ट्रेसिङ गरि क्वारेन्टाइनमा राख्ने प्रयास भै रहेको छ।
त्यस्तै बाग्लुङ, म्याग्दीको २२ जना पुरुष पवर्त र कास्कीको ११ जना पुरुषमा पनि आज कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ८९५ पुगेको छ।
