मौसम : आज अधिकांश क्षेत्रमा पानी पर्ने, केही स्थानमा बाढी पहिरोको जोखिम

काठमाडौं :  देशभर मनसुनी ९दक्षिण पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको० वायुको प्रभाव रहनुकासाथै मनसुनी न्युन चापीय रेखा पनि नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभरको मौसममा सामान्य देखि पुर्ण बदली रहेको छ भने केही स्थानहरुमा वर्षा भईरहेको छ। पछिल्लो ३ घण्टा सुदरपश्चिम प्रदेश र प्रदेश ५ का अधिकांश स्थानमा हल्कादेखि मध्यम बर्षा भएको छ ।

जसका कारण मोहना, मछेली, कान्द्रा लगायत कैलाली, कञ्चनपुर, सुर्खेत र डोटी भई बहने साना खोलामा बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

प्रदेश १, २, ५ र सुदुरपश्चिम प्रदेशका एक, दुइ स्थानमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी आज राती देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं देशभर मनसुनी ९दक्षिण पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको वायुको प्रभाव रहनुकासाथै मनसुनी न्युन चापीय रेखा पनि नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।