प्रेम पत्र (बिकाश तुलाचन)

प्रेम पत्र   (बिकाश तुलाचन)

प्रिय……. मा
शुभ प्यार
संसारिक मायाजालको भुमरीबाट कुनै पनि प्राणी अछुतो हुन सक्दैन तसर्थ प्रकृतिको नियम अनुसार माया प्रेम भन्ने मानिसको अभिन्न अंगसंग सग,ैं जिबन चक्र बनी ब्ययी बाची रहेको हुन्छ । मानिसको जिबनकात्वका बिचित्र किसिमका माया प्रेमका घटनाहरु संग दुःख सुखलाई अंगाली जिबन ब्यतित गरी रहेका हुन्छन् जस्तै जन्मदा आमाको माया साथी भाईको तथा वयस्क अबस्थामा पे्रमपे्रमिका बिच सुमुधुर सम्बन्ध पबित्र बन्धन जुन बन्धनको र्मृतरुप हाम्रो समाजमा लोग्ने स्वास्नि बनि बदलि हुन्छ । यस्ता पवित्र सम्वन्ध लाइ सुमुधुर राख्न बिभिन्न चुनौतीहरु संग हातेमाले गर्दै बढ्ने सृष्टिको नियम नै हो । यस्तो सम्बन्ध द्वारा समाज भित्र उदाहरणीय प्रेम जोडि बनि सफल पनि हुन्छ भने कुनै प्राणघातक रोग जस्तो आत्माहत्या परिबर्तन भै प्रेमिपे्रमिका शहिद बनि संसारबाट बिदा लिन्छन् यस्ता प्रशस्त उदाहरणहरु पाउछौ ।
प्रेम शब्दको परिभाषित शब्दहरुको लभ डायरीहरुमा खोज गर्नु पर्दा प्रेम भनेको दुई आत्माको मिलन हुनु हो । उसको भाबना, इच्छा र मनको कुराहरु संग मिल्नजूल्न गई अन्तर आत्माको धड्कनबाट सामिपता भई बाच्नू हो ।
यसै क्रममा उमेको परिपक्ता बिच तिम्रो र मेरो बिच आर्कषण बढ्न स्वाभाबिक कुरा आउछ । समय सापेक्षित मेरो दिलमा पनि तिमि आई सुटुक्क प्रबेश भएको थाहा नै हुदैन । जसको कारण तिम्रो सुन्दरताको प्रतिमुर्ति घरिघरि सम्झना बनी सताइरहन्छ । तिम्रो त्यो हिस्सी परेको लाज्जालु गुलाबी ओठ सून्दर अनुहारबाट घायल भई रहेको छु । यो मायाको स्वरलाई तिम्रो सामू प्रत्यक्ष बिर्सनू नसकेको अधुरो पे्रम काहानीलाई अंगाली बाच्न बाध्य भएको छू । कतै तिम्रा सुन्दरता वयस्कले भरिएका मृग नयमहरुको नसालु हेराई गुलाबी ओठ रेशम जस्तो कालो केश छातिमा परेका परेवाले मुछित भएको छु । जुन कुराहरु ब्यक्त गर्न सक्ने अबश्था नै छुइन सोच्दा सोच्दै कल्पनाका सागरमा बालुवाको घर झैे समाप्त हुन्छ । यो मन ले सधै तिम्म्रो न्यानो काख याभनौ साथ खोजिरहन्छ । तिम्रो असंम्लग्नता मा यो ज्यान फिक्का–फिक्का लाग्छ, संसारको जुनसुकै सुबिधाजन्य बिलासिका बस्तुहरु प्राप्त गर्दानि अर्थहिन बोध हुन्छ । तिम्रो मायाको अंगालोमा बाधी चूम्बन सगै रङगिन दुनियामा हराउन मन लाग्छ ।
तिम्रो साथ पाएमा प्रिय जिबनका अधुरो कार्यहरुलाई सहकार्य तथा पुरा गर्ने छु । आशा छ यो जिवन भरिको मायाको मानलाई बुझिदिने छौ । समृद भन्दा गहिरो आकाश भन्दा फराकिलो जुनिजूनि भरि तिम्रो अंगालोमा बाच्न चाहान्छु दुनियाले के भन्ला कुनै प्रबाह छैन बुझि देउ प्रिय मेरो यो निश्चल स्वच्छ पबित्र रिश्ता मायालाई मर्न नदेउ ।
लेखक अधिवक्ता बिकाश तुलाचन
इच्छाकामना गा.पा वडा नं ४ कुरिनटार चितवन (रमाइलोडाडाँ)
Aa