सत्रकिलोमा स्करपियो र ग्याँस बुलेट एकापसमा ठोक्किदाँ, एक जनाको मृत्यु, चार जना घाइते

कुरिनटार सत्रकिलोमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । नारायणगढ– मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर महानगरपालिका २९ स्थित सत्रकिलोमा आज साँझ ५ : ५० बजे मुग्लिनबाट नारायणगढतर्फ जादैँ गरेको बा १३ च ५९२९ नंम्बरको स्करपियोे र विपरीत दिशाबाट आउदै गरेको एन एल ०१ क्यु ५१०६ नंको ग्यास बुलेटसँग ठक्कर खाँदा हेटौडाँ उपमहानगरपालिका ५, मकवानपुरकी ४८ बर्षिय प्रभा गौतमको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजादैँ गर्द बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा उनीसँगै सवार अन्य ४ जना घाईते भएका छन् । जसमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (प्रहरी नायब उपरिक्षक) सुर्य थापाले जानकारी दिनुभयो । दुर्घटनामा परि गम्भीर घाईते हुनेहरुमा सोही ठाँउ बस्ने स्करपियो चालक ४८ बर्षिय राजन घिमीरे र सोही ठाँउ बस्ने २५ बर्षका अनुज धिताल रहेका छन । ५३ बर्षिय कृष्ण धिताल र २७ बर्षकी बर्षा धितालको अवस्था सामान्य रहेको छ । घाइते सबैको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । दुर्घटनामा क्षति भएका एन एल ०१ क्यु ५१०६ नंको ग्याँस बुलेट र बा १३ च ५९२९ नंम्बरको स्करपियो दुर्घटनास्थल भरतपुर २९ को सत्रकिलोमा नै रहेका छन ।
सवारी दुर्घटनापछि ग्याँस बुलेटका चालक फरार रहको र खोजी कार्य भइरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।
