जंगली च्याउ खादाँ गोरखामा एकै परिवारका पाँच जना विरामी

जंगली च्याउ खादाँ  गोरखामा एकै परिवारका पाँच जना विरामी

गोरखा : जंगली च्याउ  खादाँ गोरखामा  एकै परिवारका पाँच जना घाइते भएका छन् । आज सोमबार जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ७ थुमीका ५० बर्षका गाइने विक, उहाँका श्रीमती ४५ बर्षिय काली विक, छोरी बर्ष १६ की रञ्जिता विक र छोराहरु क्रमश : १४ र ९ बर्षका किसान विक र वीर बहादुर विक विरामी भएका हुन् ।
जंगलबाट खोजेर ल्याएको च्याउ खाएपछि जिब्रो सुनिने र वान्ता गरि विरामी भएकाले प्रहरी र स्थानीयवासीको सहयोग साँझ ५ : १५ बजे उनिहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट पु–याइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अहिले उनिहरुको स्वास्थ्यम क्रमश सुधार आएको प्रहरी जनाएको छ ।