चितवनमा उपचाररत मनकामनाका ३० वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि

चितवनमा उपचाररत मनकामनाका ३० वर्षिया महिलामा कोरोना  संक्रमण  पुष्टि

चितवन :  गोरखा मनकामनाका एक ३० वर्षिया महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। कोरोना परिक्षणका बारे भरतपुर अस्पतालले नियमित अपडेट गर्ने आज बिहान उक्त महिलामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो। मंगलबार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा सेन्ट्रल अस्पतालमा उपचारमा रहेका गोर्खा मनकामना वस्ने ३० वर्षकी १ महिलामा कोरोना संक्रमण भएको भरतपुर अस्पतालले जानकारी दिएको हो।

अस्पतालले दिएको जानकारी अनुसार मंगलबार परिक्षण गरिएको १०१ नमुना मध्ये २५ वटा नमुनाको कोभिड–१९ पुष्टी भएको छ, भने बाकी ७६ वटा नमुनाको नतिजा नेगेटिभ ९ल्भनबतष्खभ० रहेको व्यहोरा जनाएको छ। अद्यावधिक विवरण अनुसार भरतपुर अस्पतालमा रहेका, माडी ५ र ३ का २५ र ७३ वर्षका २ पुरुष, भरतपुर महानगरपालिका वडा नं। ७ र २२ बस्ने वर्ष २६ र ५० का पुरुष २ जना ,भमनपा ११ वस्ने वर्ष ४५ की महिला १ जना, र दमक ३ वस्ने वर्ष ३५ को महिला १ गरि जम्मा ६ जना, गैडाकोट नगरपालिका वस्ने विभिन्न उमेर समुहका २ महिला सहित ८ पुरुष गरि जम्मा १० जना, नारायणी सामुदायिक अस्पतालमा उपचारमा रहेका भमनपा ७ का ६१ वर्षका पुरुष १ र राप्ती नगरपालिका १ वस्ने १२ वर्षकी महिला १ गरि जम्मा २ जना, सेन्ट्रल अस्पतालमा उपचारमा रहेका गोर्खा मनकामना वस्ने ३० वर्षकी महिला १ जना, भमनपा ९,४,२२,२५ र २६ वस्ने वर्ष ४८,४०,२१,२५,२६ ,र २२ का पुरुष ६ जना गरि जम्मा २५ जनामा कोभिड–१९ पुष्टी भएको हो ।