त्रिशुली नदीमा गाडी खसेर वेपत्ता, खोजी कार्य जारी

त्रिशुली नदीमा गाडी खसेर वेपत्ता, खोजी कार्य जारी

मौवाखोला :  त्रिशुली नदीमा गाडी खसेर बेपत्ता भएको छ । धादिङको वेनीघाट रोराङ गाउँपालिका १० स्थित मौवाखोला नजिकैबाट बिहिबार विहान अन्दाजी ६ बजे स्करपियो आकारको गाडी खसेको एक प्रतक्ष्य दर्शीले बताएका छन् । गाडीमा कती जना सवार थिए र कुन गाडी हो भन्ने अहिले सम्म पत्ता नलागेको प्रहरीले जनाएको छ । दुर्घटनाको प्रकृति हेर्दा मुग्लिन तर्फबाट काठमाडौँ तर्फ आएको देखिन्छ ।
अहिले चितवनको इच्छाकामना स्थित शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रका गोताखोर टिम र धादिङ प्रहरीले  खोजी कार्य जारी राखेको छ ।