कोरोनाबाट मृत्यु भएकाको शव अबुवा दोभानमा गाड्ने तयारी,स्थानीयको विरोध

राजेन्द्र न्यौपाने
गोरखा, २० असार । कोरोना भाईरस पोजेटिभका आज आज विहान गोरखा अस्पतालमा मृत्यु भएका पालुङटार नगरपालिका वडा नं। ७ का ४४ वर्षिय पुरुषको को शवलाई शहिद लखन गाउँपालिका वडा नंं. १ स्थित अबुवा दोभानमा गाड्ने तयारी भएको छ ।
सो क्षेत्रमा शव गाड्ने थाहा पाएपछि स्थानीय गाउँलेहरुले सयौंको संख्यामा भेला भएर शव गाड्न नदिने भन्दै भेला भएका छन् । गोरखा नगरपालिका भित्रको घटना भएकोले नगरभित्रै व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् । लुदी खोला र दरौंदी नदिको संगम स्थल अवुवा दोभान शहिद लखन वडा नं। १ र गोरखा नगरपालिका वडा नं। १२ का मानिसहरुले घाटको रुपमा प्रयोग गर्दै आएका थिए ।
