बुद्धिचाल प्रतियोगितामा मुग्लिनका राजु त्रिपाठी प्रथम

बुद्धिचाल प्रतियोगितामा मुग्लिनका राजु त्रिपाठी प्रथम

मुग्लिन : चितवनको इच्छाकामना ५  मुग्लिनमा सम्पन्न बुद्धिचाल प्रतियोगितामा मुग्लिनका राजु त्रिपाठी पहिलो हुनुभएको छ । इच्छाकामना स्पोर्टस् क्लबद्धारा मुग्लिन स्थित जर्मन बेकरीमा सम्पन्न दुई दिने इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिताको फाइनलमा प्रताप गुरुङलाई हराउँदै त्रिपाठी पहिलो हुनुभएको हो ।
श्ुक्रबार र शनिबार दुई चलेको प्रतियोगितामा प्रताप गुरुङ दोश्रो तथा चुडाँमणी आले तेस्रो हुनुभएको क्क्लबका सह–संयोजक बिनोद बाग्दासले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा १२ जना प्रतियोगिहरु सहभागी थिए ।

प्रतियोगिताको समापन क्लबका अध्यक्ष प्रकाश त्रिपाठीको अध्यक्षता तथा इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख आतिथ्य र चितवन जिल्ला बुद्धिचाल संघका अध्यक्ष मोहन श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।
विजेता खेलाडीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
साथै एक मात्र महिला सहभागी आशा गुरुङ र कान्छा सहभागी १४ बर्षिया अनुज गौचनलाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरिएको थिायो ।