गोरखामा स्थानीयको अवरोधकाबिच १३ घण्टा पछि कोरोना संक्रमितको शव व्यवस्थापन

राजेन्द्र न्यौपाने
गोरखा : कोरोना भाईरसका कारण आज विहान गोरखा अस्पतालमा मृत्यु भएका पालुङटार नगरपालिका वडा नं। ७ का ४४ वर्षिय राम बहादुर ९नाम परिवर्तन० को शवलाई शहिद लखन गाउँपालिका वडा नंं। १ स्थित अबुवा दोभानमा खाल्डो खनेर पुरिएको छ । आज विहान ५ः०५ बजे देहत्याग गरेका १३ घण्टा पछि उनको साँझ ६ बजेर १० मिनेटमा खाल्डोमा पुरिएको हो ।
सो क्षेत्रमा शव गाड्ने थाहा पाएपछि स्थानीय गाउँलेहरुले सयौंको संख्यामा भेला भएर शव गाड्न नदिने भन्दै भेला भएका थिए । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ७ सेल असुल ग्याँस प्रहार गरेको थियो ।
मान्छेको भीडभाड नहुने परम्परागत घाटमा शवको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
