सिन्धुपाल्चोकमा बाढिले आठ घर बगायो। दुई जनाको ज्यान गयो १८ जना बेपत्ता

सिन्धुपाल्चोकमा बाढिले  आठ घर बगायो। दुई जनाको ज्यान गयो १८ जना बेपत्ता

गए राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएकोमा २ जनाको शब प्राप्त भएको छ ।

राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले जानकारी दिए । आज  बिहान ५ बजे बाटनै प्रहरी र स्थानीय बाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।

बाढीले खाडिचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पुर्‍याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो ।