लुम्बिनी बिकास बैंक लिमिटेडले १३अाैं वार्षिकाेत्सब मनायाें

लुम्बिनी बिकास बैंक लिमिटेडले  १३अाैं वार्षिकाेत्सब मनायाें

भरतपुर: लुम्बिनी बिकास बैंक लिमिटेड हाकिमचोक शाखाले १३ औं बार्षिक उत्सव मनाएको छ । विहिबार एक कार्यत्रमको आयोजना गरि बैंकले १३ औं बार्षिक उत्सव मनाएको हो । सो बैंकले आफ्नो बार्षिक उत्सवको उपल्क्षमा बैंकमा केक काटेर गरेको लुम्बिनी बिकास बैंक लिमिटेड हाकिमचोक शाखाका शाखा प्रवन्धक सुन्दर अधिकारिले जानकारी दिएका छन् ।

सो बैंकले बिगत लामो समय देखि चितवनको भरतपुर आसपासका जनता लाई बैकिंङ सेवा प्रदान गर्दै आएको छ । बैंक ले हाल मुद्दती खाता मा ९.५ प्रतिशत मासिक ब्याज तथा बचत खातामा ६ प्रतिशत ब्याज दिदै आएको शाखा प्रवन्धक अधिकारिले जानकारी दिएका छन् । हाल बैकले ६८ शाखा मार्फत आर्थिक कारोवार गर्दै आईरहेको छ ।
उनले,बालबालिका लाई बचत गर्ने बानीको बिकास गर्न बैंकले बालबालिकाको खातामा रु ५०० हाल्ने योजना ल्याएको बताए ।
बैंक को एटीएम कार्डले भिसा नेटवर्कको जुनसुकै बुथ बाट रकम नकाटि रकम निकाल्न एवं मोबाइल बैंकिङ सेवामानै कनेक्ट आइपिएस सेवा रहेको ले घरै बाट नगद रहित कारोवार गर्न सकिने शाखा प्रवन्धक अधिकारिले जानकारी दिएका छन् ।
सो बार्षिक उत्सब समारोहमा बैंकका सम्पुर्ण कर्मचारी,सेवाग्राही तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।