कोरोनाबाट नेपालमा थप एकको मृत्यु

कोरोनाबाट नेपालमा थप एकको मृत्यु

काठमाडौं :  कोरोनाका कारण सिन्धुपाल्चोकका थप एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिकाका एक पुरुषको मृत्यु भएको हो। शुक्रबार मिर्गौलासम्बन्धी रोगको उपचारका क्रममा पाटन अस्पतालमा उनको मृत्यु भएको पाटन स्वास्थ्‍य विज्ञान प्रतिष्ठानका निर्देशक डा विष्णुप्रसाद शर्माले पुष्टि गरे। मृतक पुरुषको मृत्युबारे जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले भने, उपचारका लागि काठमाडौँको पाटन अस्पताल जानुभएको थियो। उहाँको स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजेटिभ देखाएपछि त्यही राखिएको थियोु उनले भने, हिजो राति मृत्यु भएको जानकारी आयो।