भरतपुर २५ का १० परिवार बोटेलाइ नयाँ घर हस्तान्तरण

भरतपुर २५ का १० परिवार बोटेलाइ नयाँ घर हस्तान्तरण

भरतपुर :  चितवनका १० घर अति सीमान्तकृत समुदाय बोटे जातीलाई घर हस्तान्तरण गरिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तराई मधेश समृद्धि कार्यक्रम अन्तरगत जनता आवास कार्यक्रमबाट निमाण गरिएको घर भरतपुर महानगरपालिका २५ स्थित बोटे गाउँका १० परिवारलाई आज हस्तान्तरण गरिएको हो ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालको प्रमुख आतिथ्य तथा वडाध्यक्ष विजय कुमार भुजेलकोअ ध्यक्षतामा एक कार्यक्रमकाबिच घर हस्तान्तरण गरिएको हो ।


घर हस्तान्तरण गर्दै मेयर रेणु दाहालले बोटे गाउँलाई आन्तरिक तथा बाह्य पर्यटक आउने वातावरण बनाउने र विकासको मुल फुटाउने बताउनुभयो ।
साथै मेयर दाहालले बोटे समुदायको संस्कृति जगेर्ना लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
वडाध्यक्ष विजय कुमार भुजलले बोटे समुदायसंगै सिंगो २५ नम्बर वडाको जनताको आर्थिक स्तर उन्नतीका लागि आफु अहोरात्र खटिएको र अझै निरन्तर खटिरहने बताउनुभयो ।
नयाँ घर पाएपछि खुशी हुदैँ बोटे टोल विकासका अध्यक्ष मंगली बोटेले मेयर रेणु दाहाललाई काठको डुंगा र माछा मार्ने जाली मायाको चिनो हस्तान्तरण गर्दै बोटे संस्कृतिको जगेर्णाका लागि अनुरोध गर्नुभयो ।
स्थानीय यूवा सुमन सुवेदीले कार्यक्रम संचालन गर्नुभएको थियो ।