प्रगती मार्ग टोलद्धारा दुई मृगौंला पीडितलाई आर्थिक सहयोग

प्रगती मार्ग टोलद्धारा दुई मृगौंला पीडितलाई  आर्थिक सहयोग

आँबुखैरेनी, २९ असार । प्रगती मार्ग टोल सुधार समिती आँबुखैरेनी–३, तनहुँले दुबै मृगौंला फेल भएका २ जना मृगौंला पिडीतलाई आज बिहान आर्थिक सहयोग गरेको छ । आँबुखैरेनी–३, छबिसे टोल नजिकै कोठा भाडामा लिएर बसोबास गर्दै आउनुभएका मृगौंला पिडीत मंगल ढकाल र भुवन तामाङ्गको औषधी उपचारमा सहयोग पु¥याउने हेतुले जनही नगद रु. ५ हजार ५ रुपैंया आर्थिक सहयोग गरिएको टोल सुधार समितीले जनाएको छ । समितीका अध्यक्ष लाल बहादुर थापा, उपाध्यक्ष बिमला देवकोटा, सचिव प्रताप थापा, कोषाध्यक्ष दिनेश कार्की लगाएतको उपस्थितीमा मृगौंला पिडीत ढकालकी श्रीमती बिमला ढकाल र तामाङ्गकी श्रीमती सपना तामाङ्गलाई सो आर्थिक सहयोग गरिएको टोल सुधार समितीका अध्यक्ष लाल बहादुर थापाले जानकारी दिनुभयो ।