सितल गुरुङले गाए तीज गित ‘सुर्तै मायको ’ हेरौँ भिडियो सहित

सितल गुरुङले गाए तीज गित ‘सुर्तै मायको ’ हेरौँ भिडियो सहित

कुरिनटार : उदयमान युवा गायक सितल गुरुङले तीजकोे गीत गाएका छन् । लोक इमेज कलाकारको पव्लिक च्वाइस विजेता समेत रहेका गुरुङले पहिलो पटक सुर्तै मायाको बोलको तीज गीत गाएका हुन् ।
निरा छन्त्यालले यूटुब मार्फत बजारमा ल्याएकी उक्त गतिमा सितल गुरुङ र स्वंय उनको स्वर रहेको छ । गीतमा विजय चन्द्र दर्पनको शब्द र प्रकाश पराजुलीको लय रहेको छ ।
यस अघि दर्जन भन्दा बढि गीत गाइसकेका चितवनको इच्छाकामना ४ का उदयमान यूवा गायक गुरुङको ढाट्यो जिन्दगीले, सलल बगेको गण्डकी, जुनमा बसाइँ सरम, मत तिम्रै मायामा हराउँदै गए लगायतको गीत चर्चामा रहेका थिए ।
पहिलो पटक तीजको गीत गाउने प्रयात्न आफुले गरेको र दर्शक श्रोताले मन पराउनेमा आशावादी रहेको गायक गुरुङले बताए । उनले भने,“पहिलो पटक तीजको गीत गाउँने प्रयात्न गरेको छु, यस अघिका अन्य गीत जस्तै सुर्तै मायालाई पनि मन पराइदिनुहुने छ भनि आशा गरेको छु ।” साथै उनले यस गीत सुनेर सल्लाह सुझाव दिन पनि आग्रह गरे ।

भिडियो