हाईवे हस्पिटल मुग्लिङको भाबी कार्ययोजना सम्बन्धि सरोकारवालहरु संगको छलफल कार्यक्रम सम्पन्न

हाईवे हस्पिटल मुग्लिङको भाबी कार्ययोजना सम्बन्धि सरोकारवालहरु संगको छलफल कार्यक्रम सम्पन्न

विनोद श्रेष्ठ
४ श्रावण, मुग्लिङ –
राजमार्गमा हुने सडक दुर्घटनामा परेका घाइेतहरुको तत्काल उपचार गर्न सकियो भन्ने हेतुले हालै संचालनमा आएको हाईवे हस्पिटल मुग्लिङको भाबी कार्ययोजना सम्बन्धि सरोकारवालाहरु संगको छलफल कार्यक्रम सम्पन्न भएको छ ।                                                                                                                      इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिता कुमारी गुरुङ्गको प्रमुख आतिथ्य तथा हस्पिटलका अध्यक्ष राम बहादुर लामाको अध्यक्षतामा स्थानीय सरकार, सरोकारवाला संघ–संस्था र राजनीतिक दलका प्रतिनिधिहरुका बीच छलफल कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि एवं इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिता कुमारी गुरुङले आफ्नो सम्बोधनको क्रममा हस्पिटल जस्तो अत्याबश्यक क्षेत्रमा सबैको साथ र सहयोग रहनु पर्दछ र यही मान्यता अनुरुप गाउँपालिकाले हस्पिटललाई संस्थागत अनुदान दिएर सहयोग पुरयाईरहेको बताउनु भयो । त्यस्तै उहाँले हस्पिटलको स्तरबृद्धिका निम्ति गाउँपालिकाले आवश्यक सहयोग दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रमका बिशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष एबं नेपाली कांग्रेस ईच्छाकामना गाउँपालिकाका सभापति कृति कुमार श्रेष्ठले मुग्लिङ हाईवे हस्पिटलले कोरोनाको महामारीको बेलामा समेत २४ सै घण्टा आफ्नो सेवा तथा सुबिधा प्रवाह गरेर दुखको घडीमा जनताको सेवा गरेकोमा हस्पिटललाई बिशेष धन्यबाद ब्यक्त गरेका थिए ।
छलफल कार्यक्रममा आफ्ना सुझाब तथा प्रतिक्रिया ब्यक्त गर्ने अन्य वक्ताहरुमा नेकपा ईच्छाकामनाका ईन्चार्ज प्रताप गुरुङ, नेकपा चितवन जिल्ला कमिटी सदस्य जुना राजभण्डारी, वडा नं ५ का वडा अध्यक्ष मोदराज सिलवाल, सर्बशान्ति कलेज संचालक समितिका अध्यक्ष माधब बहादुर घिमिरे, त्रिवेणी वराह माबिका प्रअ यूबराज लामा, प्रगति पाठशाला कुरिनटारका प्रअ टंक त्रिपाठी लगायत रहेका थिए । संचालक समितिका सदस्य कुमार श्रेष्ठले स्वागत भाषण गरेका थिए भने कार्यक्रममको संचालन संचालक समितिका सदस्य मणिरत्न शाक्यले गरेका थिए ।
१५ बेड क्षमताको यस हस्पिटलमा २४ घण्टा फार्मेशी, एम्बुलेन्स सेवा सहित ल्याब, भिडियो एक्सरे, डेन्टल सेवा सहित मेडिकल अफिसर चिकित्सक समेतको ब्यबस्था गरी सेवा प्रवाह गर्दै आएको र हस्पिटलले त्रिवि, चिकित्साशास्त्र अध्यन संस्थान र टिचिङ हस्पिटल, महाराजगंज सँगको साझेदारीमा टेलिमेडिसिन सेवा समेत प्रदान गरेको हस्पिटलका अध्यक्ष राम बहादुर लामाले जानाकारी दिनु भयो ।
नेपालको सर्बाधिक सडक दुर्घटना क्षेत्रमा मुग्लिङ हाईवे हस्पिटलको स्थापना र सेवा संचालनले यस राजमार्ग भएर यात्रा गर्ने यात्रुहरु देखि छिमेकी तनहूँ, धादिङ, गोर्खा जिल्लाका सेवाग्राहीहरुलाई समेत सुबिधा पुगेको छ ।