चारकिलोमा पहिरो खस्यो दिनभर नारायणगढ-मुग्लिङ सडक अबरुद्ध हुनसक्ने अनुमान।

चारकिलोमा पहिरो खस्यो दिनभर नारायणगढ-मुग्लिङ सडक अबरुद्ध हुनसक्ने अनुमान।

नारायणघाट मुग्लिङ्ग सडक खण्डको चार किलोमा बिहान पहिरो झरे पछि अहिले सडक पुर्ण रुपमा बन्द भएको छ।                                                                                                         लगातार पानी परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकोले आज दिनैभर  सडक अवरुद्ध हुन सक्ने नारायणगढ -मुग्लिङ सडक निर्माण परियोजनाका इन्जिनियर शिव खनालले बताउनु भएको छ। थपपहिरो समेत खसिरहेको र खस्न सक्ने संभावना भएको कारण अहिले पहिरो पन्छाउने काम सुरु भएको छैन। पहिरोको कारण चारकिलो बाट नारायणगढ तर्फ बितरण गरिएको विद्युतको लाइनमा समेत  क्षती पुराएको छ।