UPDATE-कुरिनटार क्षेत्रमा आज विद्युत सुचारु गर्न नसकिने मुग्लिङ-नारायणगढ सडकपनी नखुल्ने

UPDATE-कुरिनटार क्षेत्रमा आज विद्युत सुचारु गर्न नसकिने मुग्लिङ-नारायणगढ सडकपनी नखुल्ने

Update-हिजो देखि लगातार परेको पानीको कारण देशभर ठूलो जनधनको क्षती भएको छ। विभिन्न ठाउँबाट क्षतिको विवरण आइरहदा चितवनको इच्छाकामना आसपासको क्षेत्रमा पनि भारी क्षती पुराएको छ।                                                                           अहिलेसम्म प्राप्त जानकारी अनुसार कुरिनटार आसपास कुनै मानवीय क्षती नभएको भएता पनि पहिरो र बाढिले धेरै भौतिक क्षती भएको छ। बिहान करिव ५ बजे इच्छाकामना ६ चारकिलोमा ठूलो पहिरो खसेको छ। दुइवटा विद्युतको पोल समेत बगाएको पहिरो हटाउने काम सुरु गर्न सकिएको छैन।  अहिले नारायणगढ- मुग्लिङ सडकखण्डको बिभिन्न स्थानमा पहिरो खसेको कारण सवारी आवगमन बन्द भएको छ र खुल्ने कहिले यकिन लगाउन नसकिने अवस्था रहेको छ।                                                       मुग्लिङ बाट थोरै कुरिनटार तर्फ खसेको पहिरोको कारण अहिले कुरिनटार क्षत्रमा विद्युत र ईन्टरनेट सेवा अबरुद्ध भएको छ। पहिरोले ३ वटा पोल भाचिदिएको छ। विद्युतको लाइन सुचारु हुन मौसम सुध्रिएपछी कम्तिमापनी २४ घण्टा लाग्न सक्ने अनुमान गरिएको छ। त्यस्तै केबलकार,कुरिनघाट, चुम्लिङटारमा, फिश्लिङ क्षेत्रमा सानो खोल्सा हरुमा आएको बाढिको कारण  साना सवारि आवागमनमा समस्या परेको छ। इच्छाकामना गाउँपालिका र सडक बिभागको ब्याक लोडरलेअहिले सडकको अबरोध हटाउने काम गरिरहे पनि लगातार पानी परि रहेको ले समस्या थपिएको छ।