नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन

चितवन :  पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डको १६ किलोमा खसेको ठूलो पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको छ ।

मंगलबार राति पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित बालुवा पुल नजिकै चट्टानसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको थियो । काठमाडौं जाने पृथ्वी राजमार्गको मौवाखोलामा पुल भत्किएका कारणले अवरुद्ध छ ।