पछिल्लो २४ घन्टामा २७४ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा २७४ जना कोरोना संक्रमित थपिए

काठमाडौं :  नेपालमा कोरोना भाइरसको संक्रमण थप बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका २ सय ७४ जनासहित देशभर संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १४ हजार २ सय ४८ जना उपचारपछि घर फर्किएका छन् भने ५२ जनाले ज्यान गुमाएका छन् ।