तनहुँको आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण, सम्पूर्ण सेवा बन्द

तनहुँको आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण, सम्पूर्ण सेवा बन्द

तनहुँ  : आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । पोखरा निर्देशनालयमा गरिएको परिक्षणमा गाउँपालिकाका एक उच्च तहको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका र वडा कार्यालयहरुमा सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँपालिका कार्यापालिकाको आकश्मिक बैठकले  साउन २० गते सम्म सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिका प्रवक्ता कटक बहादुर थापाले जानकारी दिनुभयो ।