इच्छाकामनाका दुई सहित चितवनमा मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

इच्छाकामनाका  दुई   सहित चितवनमा मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

चितवन । चितवनको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको संयुक्त टोलीले आइतबार मोटरसाइकल सहित रङ्गेहात पक्राउ गरिएको आज (सोमबार) जानकारी दिएको हो ।
पक्राउ पर्नेहरुमा चितवन इच्छाकामना गाउँपालिका ७ गर्दासका ३० वर्षिय राम बहादुर गुरुङ, इच्छाकामना गाउँपालिका ७ सिमलढापका २७ वर्षिय योगेश वाईवा र कालिका नगरपालिका २ पदमपुरका २८ वर्षिय सुरज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट प्रहरीले ४ थान मोटरसाइकल समेत बरामद गरेको छ। बरामद गरेको मोटरसाईकलहरुमा ना १३ प ८५३८ (वास्तविक नं. ना ४१ प ९६०१), ना ४१ प ९६०१, अनटेष्ट लेखेको (वास्तविक नं. प्रदेश ३–०३–०००१ प ४६८५) र ना ६५ प ४९०७ (वास्तविक नं. स १० प १११८) रहेको छ।
पक्राउ परेका ३ जनालाई सम्मानित अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रवक्ता थापाले बताउनुभयो ।