एकजनामा कोरोना पुष्टि पछि इच्छाकामना गाउँपालिकाको आपतकालीन बैठक बस्दै। सिल हुन सक्छ- गा.पा. अध्यक्ष गुरुङ

एकजनामा कोरोना पुष्टि पछि इच्छाकामना गाउँपालिकाको आपतकालीन बैठक बस्दै। सिल हुन सक्छ- गा.पा. अध्यक्ष गुरुङ

कुरिनटार २८ श्रावण । चितवनको पहाडी भुभागमा अवस्थित इच्छाकामना गाउँपालिकाकि ७८ बर्षिय वृद्धमा कोरोना पुष्टि भएपछी अहिले इच्छाकामना गाउँपालिकाको अब कसरी अगाडि बढ्ने भनेर आपतकालिन बैठक बस्दै छ।                                                            भरतपुरको  मौलाकालिका हस्पिटलमा उपचाररत इच्छाकामना ५ मुग्लिङ बजारकि वृद्धमा हिजो भरतपुर हस्पिटल कोभिड १९ परिक्षण प्रयोगशाला गरिएको परिक्षणमा कोभिड १९ कोरोना भाइरस  पुष्टि भएको थियो। बिरामी भएर केहिदिन अगाडि बाट भरतपुरको मौलाकाली हस्पिटलमा भर्ना गरिएको वृद्धको हिजो मात्र सल्यक्रिया गरिएको थियो। सल्यक्रिया हुन अघि धेरै ब्यक्ती हरु सङ संक्रमितको भेटभएको पाइएको छ।                                                           इच्छाकामना गाउँपालिका अध्यक्ष गिताकुमारी गुरुङले इच्छाखबर सङ कुराकानी गर्दै अहिले आपतकालीन बैठक बोलाइएको र बैठक बसेर आवस्यक देखिए इच्छाकामना गाउँपालिका कम्तिमा एक हप्ता सिल हुन सक्ने जानकारी दिनु भएको छ। यदि बैठक मार्फत सिलको प्रस्ताव पारित भए इच्छाकामनाका सम्पुर्ण कार्यलय,तरकारी संकलन केन्द्र लगाएत होटल रेस्टुरेन्ट बन्द हुने छन।