इच्छाकामनामा कोरोना नियन्त्रणकालागि कार्यलय एकहप्ता बन्द,बैंक तथा बित्तीय संस्था हप्तामा दुई दिन मात्र खुल्ने

इच्छाकामनामा कोरोना नियन्त्रणकालागि कार्यलय एकहप्ता बन्द,बैंक तथा बित्तीय संस्था हप्तामा दुई दिन मात्र खुल्ने

कुरिनटार २८ श्रावण । मौलाकालिका हस्पिटलमा उपचाररत मुग्लिन निवासी वृद्धमा कोरोना संक्रमण भेटिएसंगै सरोकारवालाहसंग बसेको आपतकालीन  बैठकपछि इच्छाकामना गाउँपालिकाले निम्न निर्णय गरेको छ।

– कन्ट्याक ट्रेसिङ र सम्पर्कमा रहेका व्यक्तिहरुको आधारमा संक्रमितका अफन्तजनहरुको पि.सि.आर. टेष्ट गरिने र होम क्वारन्टाइनमा राखिने ।
– इच्छाकामना गा.पा.को मातहतमा रहेको सरकारी कार्यालय एक हप्ताको लागि बन्द गरिने ।
– राजमार्गका होटल, रेष्टुरेन्ट पुर्ण रुपमा एक हप्ताको लागि बन्द गरिने ।
– खाद्यान्न तथा अत्यावस्यक सामाग्री विक्री गर्ने पसलहरु भने विहान ७ बजे देखि १० बजे सम्म ३ घण्टा सुरक्षित विधि अपनाएर खोल्न पाइने ।
– अन्य ठाउबाट फलफुल तथा तरकारीजन्य बस्तु ल्याउनमा रोक लगाइने तर स्थानीय स्तरमा उत्पादित तरकारीहरुको भने विक्री वितरण गर्न पाइने ।
– वित्तीय संस्था बैंक तथा सहकारी २ दिन मात्र खोल्न पाइने ।
– वडाध्यक्षको संयोजकत्वमा टोलविकास, उवासंघ, होटल व्यवसायी संघ र प्रहरीको टोलीले पेट्रोलिङ्ग गरिने ।
– लोकल सावरी साधनलाई एक हप्ताको लागि पुर्ण रुपमा रोक लगाइने ।
– पिसिआर टेष्टपछि थप संक्रमित भेटिएको खण्डमा थप कडाइ गरिने ।