मरणासन्न हुने गरि कुटपिट गर्ने विरुद्ध प्रहरीले उजुरी लिन मानेन्

मरणासन्न हुने गरि कुटपिट गर्ने विरुद्ध प्रहरीले उजुरी लिन मानेन्

कुरिनटार, २९ साउन । मरणासन्न हुने गरि कुटपिट गर्ने विरुद्ध गोरखा प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षले बताएका छन् । ६ जना विरुद्ध ज्यान मार्ने उद्योगमा  किटानी जाहेरी दिदाँ पनि प्रमाण नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले उजुरी नलिएको कुरिनटारका जीवन क्षेत्रीले बताए ।
गत साउन २६ गते फुटबल खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका ४ राइनाशमा चितवनको मुग्लिनका केही यूवाहरुले कुरिनटारका युवाहरुलाई कुटपिट गर्दा ७ जना घाइते भएका थिए ।
घाइते मध्ये यदु सिलवाल, स्वस्तिक केसी र सन्दिप त्रिपाठीको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइते तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ भने अन्य ४ जना निको भएर घर फर्किसकेका छन् ।
पुर्व तयारी साथ आएका युुवा हरुले लखेटी लखेटी कुटपिट गरेको पीडित पक्षले बताएका छन् । अर्धचेत अवस्थाका घाइतेलाई बोकेर उपचार गर्न लैजादैँ गर्दा   समेत  बाटो  छेकेेर  पुन आक्रमण गरेकोले  ज्यानमार्नि उद्देश्यका साथ   आक्रमण गरिएको पीडित पक्षले बताएका छन  ।                    तस्वीरमा कुटपिट बाट  घाइते युुुवा