फिस्लिङको विद्यालयमा मन परि, समितिका सदस्यलाइ नै थाहा छैन यस्तो महत्वपूर्ण निर्णय

फिस्लिङ,३० साउन । चितवनको इच्छाकामना ३ फिस्लिङलमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा मनपरी गरेको पाइएको छ । विद्यालय व्यवस्थापन समितिका चार जना सदस्यलाई कुनै जानकारी नदिइ गोप्य बैठकले विभिन्न निर्णय गरिएको छ ।
चार जना व्यवस्थापन समितिका सदस्यहरुलाई सुइको समेत नदिइ बसेको उक्त बैठकले विभिन्न महत्वपूर्ण निर्णय समेत गरेका छन् ।
निर्णय अनुसार विद्यालयका शिक्षक भविश्वर गुरुङलाई गाउँपालिकाबाट आएको पत्रअनुसार काजको व्यवस्था सहित श्रोत व्यक्तिका लागि सहमती दिने, देखि लिएर अभिभावक संघ गठन गर्न भेला बोलाउने सम्मको विभिन्न महत्वपूर्ण निर्णयहरु गरेका छन् ।
बैठक बसेको बारे आफुहरुलाई केही जानकारी नदिएको समितिका सदस्य मिन बहादुर श्रेष्ठले बताए । उनका अनुसार चार जना सदस्यहरुलाई यो बैठक बारे केही जानकारी दिएको छैन । उक्त बैठकमा पाँच जनाको मात्र हस्ताक्षर रहेको छ ।
श्रेष्ठले समितिको अध्यक्ष रुद्र बहादुर गुरुङ चुनिएपछि अहिले सम्म बैठक नै नबोलाएको बताए ।
उनले भने ,“म लगायत चार जनलाई बैठकबारे कुनै जानकारी दिएको छैन, अहिले सम्म अध्यक्ष चुनिएपछि बैठक समेत बसेको छैन ।”
बैठकबारे विद्यालयका प्रधानाध्यापकलाई प्रश्न गर्दा हतारमा घरघरमा गएर हस्ताक्षर गराएको भनेर गैरजिम्मेवारी जवाफ दिएको उनले बताए ।
