कुरिनटारको फर्निचरले ठूलो मात्रामा कटाएको सालको काठ बन कार्यालयको नियन्त्रणमा

कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य तथा इच्छाकामना फर्निचरका संचालक बाबू काजी त्रिपाठिले निजि जंगलबाट कटाएको सालको काठ बन कार्यालय चितवनले नियन्त्रणमा लिएको छ। इच्छाकामना गाउँपालिका ४ का शंकर नेपालको नाममा लालपुर्जा भएको र निजि बनमा दर्ता रहेको अन्दाजी ४ कठ्ठा भित्र रहेको सालको रुख हरु कटान गरि इच्छाकामना फर्निचरले निर्वाध लगि रहेको भन्ने जनगुनासो पछि बन कार्यालयले निरिक्षण गर्दा जनगुनासो बमोजिम काम कार्वाही भइरहेको पाइएकोले कार्यालयले काठ नियन्त्रणमा लिएको हो। रुख कटानी भइ काठ बिक्री बितरण हुँदै गर्दा समेत बिक्री बितरणको लागि आवस्यक कागज पत्र र प्रक्रिया नपु–याएको वन कार्यालयले जनाएको छ । बिक्रेता र खरिद कर्ताले आफुलाइ प्रक्रिया बारे थाहा नभएकोकोले गल्ती हुन गएको स्वीकार गरेपछी वडा नम्बर ४ का वडा अध्यक्ष, वडासदस्य र स्थानियको रोहोबरमा नियन्त्रणमा लिएर कागज गराइएको छ ।
तर अहिले अनुसंधान भइरहेको र नेपाल सरकारको बन ऐन २०५७ अनुरुप निजि जग्गाको साल समेत प्रक्रिया नपु–याई काट्न नपाइने हुदा छिट्टै दोषीलाई पक्राउ गरि मुद्दा चलाइने बन कार्यालय चितवनका सुचना अधिकारी बाल कृष्ण खनालले इच्छाखबर लाई जानकारी दिनु भएको छ।
लगभग ३९५ क्यु फिट सालको गोलिया नियन्त्रणमा लिएर बन बन कार्यालय लगिएको उहाँले जानकारी दिनुभयो । , अहिले सम्म कसैलाइ पनि पक्राउ नगरिएको र सवारी साधन पनि नियन्त्रणमा नलिएको बन कार्यालयले जनाएको छ।
घटनाको अनुसन्धान भइ रहेकोले छिट्टै दोषीलाई पक्राउ गर्ने सुचना अधिकारी खनालले बताउनुभयो ।
