मुग्लिन हाइवे हस्पिटलद्धारा मेडिकल अफिसरको रुपमा डा. आचार्य नियुक्त

मुग्लिन हाइवे हस्पिटलद्धारा मेडिकल अफिसरको रुपमा डा. आचार्य नियुक्त

बिनोद श्रेष्ठ                                                                   

भाद्र २, मुग्लिङ ।चितवनको एकमात्र गाउँपालिका ईच्छाकामना वडा नं ५ स्थित मुग्लिङ हाईवे हस्पिटलमा मेडिकल अफिसरको रुपमा डा. आनन्द प्रसाद आचार्य नियूक्त भई आजै कार्यभार समेत सम्हालेका छन् । सरकारी छात्रबृत्तिमा ःद्यद्यक् गरेका डा. आचार्य रामेछाप जिल्ला अस्पतालमा २ बर्ष मेडिकल अफिसरको रुपमा काम गरिसकेका छन् ।
मुग्लिङ हाईवे हस्पिटलका अध्यक्ष राम बहादुर लामाले हस्पिटलका बोर्ड मेम्बर तथा हस्पिटलका कर्मचारीहरुकोे उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी डा. आचार्यलाई मेडिकल अफिसरको रुपमा खादा लगाई पदभार ग्रहण गराएका हुन् । एक मात्र सामुदायिक हस्पिटलको रुपमा संचालित यस हस्पिटलमा मेडिकल अफिसर नियुक्ति संगै स्थानीय सेवाग्राही र राजमार्गमा दैनिक जसो हुने दुर्घटनामा परेका घाईतेहरुको तत्काल उपचारको लागि हुने मुलिन हाइवे हस्पिटलका अध्यक्ष राम बहादुर लामाले बताउनु भयो । २४ सै घन्टा ईमरजेन्सी र एम्बलेन्स सेवा सहित फार्मेशी, भिडियो एक्सरे, नर्मल एक्सरे, डेन्टल सेवा समेत उपलब्ध रहेको १५ शैयाको यस हस्पिटलमा मेडिकल अफिसरको नियुक्त संगै प्रसूति सेवा समेत उपलब्ध रहेको बताउनुहुदै केहि दिनपछि यस हस्पिटलले आखा क्लिनिक सेवा समेत संचालन गरिने अध्यक्ष लामाले जानकारी दिनुभयो ।