स्रष्टा परिचय- अनुकरणीय ब्यक्तित्व जीवनहरि शर्मा

स्रष्टा परिचय- अनुकरणीय ब्यक्तित्व  जीवनहरि शर्मा

स्रष्टा परिचय- पूर्वी नेपाल इलामका स्रष्टा जीवनहरि शर्मा इलामको रमणीय स्थल सुम्बेकमा पिता पं -तुलसीराम पोख्रेल र मनमाया का कोखबाट वि स २०१७ मा जन्म भएको हो । शुरुमा केही समय निजामती हुदै शिक्षण पेशामा ३७ वर्ष बिताइ सक्नुभएको र २०४२साल देखि निरन्तर नेपाली साहित्यको कविता विधामा खासगरी (छन्द) मा कलम चलाउने शर्माका २०६७ मा टिष्टाको सन्देश सामाजिक खण्डकाव्य, २०६८मा तिलकप्रथा सामाजिक खण्डकाव्य र २०७२मा अधम कविता सङ्ग्रह (शूत्र सहित सचित्र) प्रकाशित भएका छन् । यस्तै उहाँका समय सान्दर्भिक धेरै फुट्कर रचनाहरु प्रकाशित भएकाछन् । मृदु भाषी, मिलनसार, सादा जीवन उच्चविचार भएका उहाँ मेरो साहित्यीक गुरु हुनुहुन्छ र थर पोखरेल भएको कारण केही समय अगि देखि हाम्रो सम्बन्ध दाजु भाइमा परिणत भएको छ ।उहाँ एक कुशल छन्द प्रशिक्षक तथा सर्जक हुनुहुन्छ । उहाँको पारिवारिक माहोलनै गीत सङ्गीत साथै सिर्जनामय छ । उहाकी धर्मपत्नी रेनुका पोख्रेल र सुपुत्र प्रेमप्रकाश पोख्रेलका पुराना जीवन्त दर्जनौँ गीति लोक भाकाहरु रेकर्ड भएका छन् । रेनुका पोख्रेल छन्द कवितालाई मीठो वाचन समेत गर्नुहुन्छ । स्रष्टाका धेरै सिर्जनाहरु वाचन गर्नुभएको छ ।” नारी महिमा ” उहाँले वाचन गर्नुभएको पछिल्लो सिर्जना हो ।
उहाँ कि सुपुत्री सरु गुरागाई र जुवाइँ मुरारी गुरागाई गीत, भजन गायन साथै छन्द कवितालाई सङ्गीत बद्ध गरि सशक्त आवाजमा कला भर्न सफल हुनुभएको छ । कोरोनाका कारण लकडाउनको समयमा जीवनहरि शर्माको रचनालाई सरु गुरागाईको वाचन ” विज्ञानको दुर्दिन ” शीर्षक कविता संसार भर चर्चाको शिखर चुम्न सफल भएको सिर्जना हो । रामायण लगायत धेरै स्रष्टाका सिर्जनाहरुमा सरु गुरागाईले आफ्नो मीठो आवाज भरिसक्नु भएको छ ।
त्यस्तै अर्कि सुपुत्री रीता पोख्रेल रचना र वाचन दुबै कलामा दक्ष हुनुहुन्छ । उहाँको “प्रेमिल आह्वान” र हालै व्याधि सँग युद्ध गरिरहेको बेला विदेशमा रहेका आफ्ना सन्ततिलाई सान्त्वना दिदै रचिएको”आमाको सन्देश”शीर्षक कविता अत्यन्त प्रसिद्ध भएको छ । जुवाई शिशिर भट्टराई गजल विधामा चर्चित नाम हो ।
एक प्रज्वलित दीपले अरु धेरै दीप बाले जस्तै स्रष्टा जीवनहरि शर्माको साहित्य सिर्जनाको प्रभाव परिवार, समाज साथै देश विदेश सम्म फैलिएकोछ । अनुकरणीय व्यक्तित्व जीवनहरि शर्माप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
कृष्णप्रसाद पोखरेेल, इच्छाकामना