समाचार अलि त्यस्तै छ। – तेजविलास

महाब्याधिले अत्याएको बेला
पहिरोले पिरोलेको छ
यातायात नभएको कारण
यता र उता परिएको छ
चिन्ता मात्र मानेर त
खै के गर्नु र?
मनलाई थामथुम
पार्नु परेको छ।
समाचार त्यति
राम्रो सुनिएन
सिन्धुपाल्चोक ,कालिकोट
पहिरिरहेको छ
अभावमा मजदुर
भाइरल छ ब्याधि
अलि यतिबेला पीर छ।
रेडियो ,टेलिभिजन
दिइरहेछौ सूचना
गरिरहेछन् सञ्चार
तर पनि
राम्रै राम्रो सुन्न पाए
भन्ने तिम्रो ,मेरो ,सबैको
कान,कानमा
मृत्युको खबर सुनाइरहेछ।
मन कुदेपनि कतै
तन थच्चिन बाध्य छ
धन नभएपनि
भोक झन् फैलिएको छ
भने पनि आत्तिनु हुन्न है
किन किन छट्पटी हुन्छ
जन्म मृत्यु प्रक्रिया हो
तथापि बाच्ने प्रयास
गरिरहनु छ
आत्तिएर हुँदैन कत्ति
समय अलि त्यस्तै त्यस्तै छ।
जगतलाई हेर राम्ररी
समयलाई गर सदुपयोग
समाचार जे जस्तो भए नि
बाच्ने उपक्रम जारी छ
ब्याधि महामारी
आउँदैन सधै
तर यतिबेला सचेत
प्रतिपल बन्नु छ
बनाउनु छ।
