साउनको झरीमा (कविता)

भिजेको छुईन
तर निथ्रुकै भइसकेछु
साउनको झरीमा
तलाउमा विम्वित
भिजेको देह
देख्छु छर्लङ्गै
केही लुके जस्तो
कतै दुखे जस्तो
निधारबाट
मनका बलेसीमा
तप्किरहेछ थोपाहरु तरतरी
खुल्न खोज्छन ओँठहरु
काँपिदिन्छ थरथरी
केही बोल्न खोजे जस्तो
केही खोल्न खोजे जस्तो
छाता चाहिदैन
खुल्ला आका
श नै हो छाता
वर्षातीले पनि छेक्न सक्तैन
र ओढ्न घुम पनि पर्दैन
आत्मियता छ ओढ्न
विश्वास छ गोड्न
चाहना हुँदाहुँदै
नचाहँदा नचाहँदै
थाहा हुँदाहुँदै
थाहा नपाउँदा नपाउँदै
कतिखेर सुकिसकेछु
साउनको झरीमा
प्रयाससौरभ श्रेष्ठ
बेनिघाट रोराङ गा. पा ५ , धादिङ नेपाल
