बिचार-उद्योग धन्दा खोलेर मुठ्ठीभरलाइ मात्र पोष्नी कि आम जनतालाइ पनि समेट्ने?

बिचार-उद्योग धन्दा खोलेर मुठ्ठीभरलाइ मात्र पोष्नी कि आम जनतालाइ पनि समेट्ने?

कुरिनटार ५ भदौ। प्राकृतिक सम्पदा र प्राकृतिक श्रोत साधन प्रयोग गरी निर्माण गरिएका उध्योगधन्दाको नाममा केहि मुठठीभर ब्यक्तिलाई पोष्न दिने कि स्थानीय प्रभाबित र अन्य आमजनता समेत लाभान्वित गर्न तिर लाग्ने ?                                                                                                                                   चितवनको एकमात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाको वडा नं ५ मा अबस्थित प्रसिद्ध धार्मिक स्थल ईच्छाकामना मन्दिरमा केबलकार सेवा संचालन गर्ने गरी प्रारम्भिक काम थालनी हुन थालेको कुराले आम स्थानीयबासीको गम्भिर ढंगबाट ध्यान आकर्षित भएको छ। केबुलकार जस्तो सार्बजनिक यातयातको सेवा संचालन गर्ने उध्योग जसले प्रशस्त मात्रामा प्राकृतिक श्रोत साधनको प्रयोग गरेको हुन्छ त्यस्ता उध्योगधन्दा केहि सीमित ब्यक्तिले नाफा आर्जन गर्ने दुहुनो गाई बनाउन दिनु हुदैन। स्थानीयक्षेत्रका प्रभाबित आम जनताको समेत हिस्सेदारी र साँझेदारी हुने गरी स्वामित्व संरचनामानै बिशेष स्थान हुने गरी बिशेष ब्यबस्था गरिनु पर्दछ। अन्यथा स्थानीयबासीहरुले घास दाउरा गर्ने बन पाखा मासेर, पानी पिउने मूल कुलो सुकाएर, प्राकृतिक बातबरण र पारिस्थितिक सन्तुलन खलबलाएर, सार्बजनिक जमिन र जंगल चर्चेर बिकासको नाममा बिनासको पीडा र चोट जति स्थानीयबासीले सहने, नाफा र सुबिधा चाहि मुठ्ठीभर ब्यक्तिले बटुलिरहने? किमार्थ यो प्राकृतिक न्यायसंगत हुन सक्दैन। तुरुन्त पब्लिक कम्पनीको रुपमा स्थानीय जनता र कम्पनीमा कार्यरत कर्मचारीको समेत शेयर हिस्सा रहने गरी सार्बजनिक आब्ह्रान गरिनु पर्दछ। स्मरणिय रहोस काठमाण्डौ चन्द्रागिरी स्थित नेपालको दोस्रो केबुलकार चन्द्रागिरीले पनि पब्लिक कम्पनीको रुपमा सार्बजनिक सेयर आब्ह्रान गरीसकेको छ।                                                                               नेपालको ठाउँ ठाउँमा संचालनमा आएका हाईड्रो प्रोजेक्टहरुले पनि स्थानीय प्रभाबित जनतालाई सेयर हिस्सा दिएको दृष्टान्त हाम्रो सामु छर्लङगनै छ। ४० डिग्री घाममा पराई भूमिमा भाग्य भोग्न बिबश पारिएका अभागी अनुहार, शिप र कलाले दक्ष तर रोजगार नपाएर जीबन देखि वाक्क र दिक्क तन्नेरी पुस्ता र स्थानीय जनता यस बिषयमा अब चुप लागेर बस्नु भनेको आफ्नो आँखा आफैले फोडेर अर्केको काध चढी बाटो लाग्नु जतिकै मूर्खतापूर्ण कार्य हुन्छ। तसर्थ हामी महा मूर्ख बन्ने कि अधिकार र हकले सम्मानित हकवाला बन्ने अब फैसला गर्ने बेला आएको छ। अब जनता चुप लागेर बस्ने वाला छैन।      राम बहादुर लामा, मुग्लिङ। लामा सामाजिक कार्यमा तल्लीन हुनुहुन्छ साथै उहाले सामाजिक  ब्यतिथी बिसंगतीका कुरामा कलम समेत चलाउनु हुन्छ।