चितवनमा थपिए ४० जना ५ बर्ष देखि ७१ बर्ष सम्मका कोरोना संक्रमित ।

चितवनमा थपिए ४० जना ५ बर्ष देखि ७१ बर्ष सम्मका कोरोना संक्रमित ।

कुरिनटार १० भाद्र,                                                    चितवनमा पछिल्लो अप्डेट अनुसार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।                                                                                          भरतपुर अस्पतालले जारी गरेको विवरण  अनुसार भदौ ९ गते कोभिड १९ प्रयोगशालामा परिक्षण गरिएको २१८ नमुना मध्य चितवनका ४० जना सहित ४४ जनाको नतिजा पोजिटिभ आएको हो। पोजिटिभ आएका हरु मध्य भरतपुर महानगरका विभिन्न वडामा ५ बर्षको बालक र ८ बर्षको बालिका सहित ३६ जना, रत्ननगर नगरपालिकाका ७१ बर्षका महिला सहित ३ जना र खैरहनी नगरपालिकाका १ जना पुरुष रहेका छन।नवलपुर, तनहु, धनुषा र रुपन्देहीका एक एक जनामा पनि कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।