बेनिघाट रोराङ ३ मलेखुमा कोरोना संक्रमित भेटिएपछी वडा क्षेत्रमा निषेधाज्ञा जारी।

बेनिघाट रोराङ ३ मलेखुमा कोरोना संक्रमित भेटिएपछी वडा क्षेत्रमा निषेधाज्ञा जारी।

कुरिनटार १३  भदौ । धादिङको बेनिघाटरोराङ ३ मलेखुमा कोभिड १९ कोरोना संक्रमित भेटिएपछी वडानम्बर ३ मा अर्को आदेश जारी नहुनजेल लागू हुने गरि आज राती १२ बजे बाट निषेधाज्ञा जारि  गरिएको छ।                                                                                                       बेनिघाटरोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराई द्वारा हस्ताक्षरित बिज्ञप्तिमा मलेखु निवासी ४५ बर्षिय महिलामा कोरोना पोजिटिभ देखिएकोले। सामुदाय स्तरमा संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गर्दै वडा क्षेत्र भित्रका सम्पुर्ण  पसल ब्यबसाय बन्द गरिदिनुहुन साथै घर बाहिर ननिस्कन साथै सामाजिक दुरि कायम गरि अत्यावश्यकिय कार्य गर्न हुन अनुरोध गरिएको छ।