निषेधाज्ञामा विवादित वडाकार्यलयको सामान सुटुक्क वडाअध्यक्षको आफ्नै गाउँ सारियो।

निषेधाज्ञामा विवादित वडाकार्यलयको सामान सुटुक्क वडाअध्यक्षको आफ्नै गाउँ सारियो।

गाउँ सभाले समेत टुंगो लगाउन नसकेको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ को कार्यलयको सामान चितवनमा जारी निषेधाज्ञाको बिच सुटुक्क वडा अध्यक्षको आफ्नै गाउँ सारिएको छ।                                                                                              सातौं गाउँसभामा इच्छाकामना गाउँपालिका ३ को वडाकार्यलय कहाँ राख्ने भनेर भएको प्रस्तावमा प्रष्ट  बहुमत नपुगे पछि चुम्लिङटार र फिश्लिङ कहाँ राख्ने भनेर टुंगोलागेको थिएन। वडाकार्यलय फिश्लिङ राख्न पर्ने प्रस्ताव वडा ३ का वडा अध्यक्षको थियो भने चुम्लिङटार हुनुपर्ने प्रस्ताव वडा ३ कै वडा सदस्य डिल बहादुर चेपाङको रहेको थियो।दुबै प्रस्ताव मौजुदा जनप्रतिनिधि हरुको संख्या बाट बहुमत नपुगेपछि खारेज गरिएको थियो। गाउँसभाले समेत टुंगो लगाउन नसकेको वडा कार्यलय कोरोना प्रभाबले चितवन जिल्ला भर निषेधाज्ञा जारी रहेको समयमा सुटुक्क वडा अध्यक्षको आफ्नै गाउँ फिश्लिङ सारिएको हो।                                                                                           गाउँसभा बाट समेत टुङ्गो नलागेको वडाकार्यलयको सामान निषेधाज्ञामा किन सुटुक्क सारियो भन्ने बारे जिज्ञासा लिन वडा अध्यक्षलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन भने गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुकदेब लम्सालले  वडालाइ विषेश अधिकार भएकोले वडाले    स्व निर्णय गरि अस्थायी रुपमा कार्यलयको सामान गिश्लिङ स्थित क्लब भवनमा राख्ने गरि सारिएको जानकारी दिनु भएको छ।