लघुकथा- आतंक

लघुकथा- आतंक

आज नयाँ वर्षको पहिलो दिन सबैमा हर्ष, उल्लासको वातावरण
रहेको ठानिरहेको छु म ।
गाउँको हालखबर बुझ्न निस्कन्छु । मकैसिङ र आसपासका
गाउँहरू कुनै आसङ्कित भयमुनि खुम्चेर निःशब्द बसेजस्तो अनुभव
गर्छु ।
कारण के हो मैले बुझ्न सकिरहेको छैन । कारण बुझ्न मेरा
तल्लाघरका हजुरबाको घरतिर लाग्छु ।
उहाँ गाउँको हालखबर बुझ्ने गर्नुहुन्छ । म घरभित्र पस्न नभ्याउँदै
हजुरबाले मलाई सम्बोधन गर्दै भनेको सुन्छु— “बाबु राम ! तिमी कसरी
यहाँ ?” हजुरबाको सोधाइले एकछिन अकमकिन्छु ।
मबाट जवाफ नपाएपछि हजुरबा आफै भन्नुहुन्छ, “आज साँधिखोला
र त्यसको दक्षिणपट्टि माथिल्लो पाटोमा एम्बुस थापेको छ रे भन्ने सुनेको
थिएँ त ! खोइ के हो, के हो ? यो मुलुकको कस्तो दुर्दशा भयो ? अनि
तँ किन यसरी जथाभावी हिँड्ने गर्छस् ।”
म एकछिन टोलाइरहेँ ।
हजुरबासँग भनेँ— “मैले त केही मान्छेले ‘नव वर्षको शुभकामना’
भन्दै हर्ष मनाएभैmँ गरी कराएको पो सुनेको थिएँ ।”
हजुरबा चिन्तित मुद्रामा खुइ®य गर्दै भन्नुहुन्छ— “खै कस्तो हर्ष हो
रञ्जन घिमिरे ÷ द्दद्द
बाबु, देशकाल–परिस्थिति त कस्तो बन्यो, बन्यो । मान्छे मार्न सक्नु नै गर्व
र उल्लासको विषय बन्न थाल्यो ।”
मैले पुनः शङ्का व्यक्त गरेँ— “उनीहरूले एम्बुस थापेर आफ्नो
“कथित विजयको शुभकामना” भनेका त होइनन् ?”
मेरो कुराले हजुरबा एकछिन गम्भीर बन्नुभयो, “हो बाबु । मैले त
बन्दुक भिरेका दुई–चार जना माथि टुँडिखेलतिर उक्लेको देखेको थिएँ,
….. पत्तो भएन ।”
त्यसपछि म पनि हजुरबाले तमाखु ट्वारारा…. ट्वारारा…. तानेको
सुनेर टोलाउँदै बसिरहेँ ।
घरतिर जानुपर्ने बेला मेरा पाइला अगि बढ्नै सकेनन् । गोडा
थर्रथर्र… काँपिरहे ।                                                                                                                                             सम्मोहन(लघुकथा सङ्ग्रह) बाट रञ्जन घिमिर