पानीधारामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुदाँ पाँच जना घाइते एकको अवस्था गम्भीर

पानीधारामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुदाँ पाँच जना घाइते एकको अवस्था गम्भीर

चुम्ललिङ्टार, १६ भदौ- बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदी किनारमा खस्दा पाँच जना घाइते भएका छन् ।
काठमाण्डौबाट बिरामी लिएर सर्लाही तर्फ आइरहेको ना.५च. १०३३ नम्बरको एम्बुलेन्स पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३  चुम्लिङटार र फिश्लिङको मध्य भाग पानीधारामा  बिहान ५:१५ बजे आफै अनियन्त्रित भई सडकबाट त्रिशूली नदी किनारमा खस्दा चालक सहित पाँच जना घाइते भएका हुन् ।
दुर्घटनामा एम्बुलेन्स चालक झापाको गौरीगन्ज गाउँपालिका १ का सरोज दाहाल,सर्लाही बरहथवा नगरपालिका २ का क्यान्सर बिरामी दिल मांया राना मगर सहित सोही स्थानका बाधे राना मगर , मेक कुमारी राना मग र नर बहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते मध्ये बाधे राना मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (प्रहरी उपरिक्षक) नान्तिराज गुरुङले जानकारी दिनुभयो । उनिहरुको उद्धार गरि उपचारका लागि भरतपुर पठाइएको प्रहरी प्रमुख गुरुङको भनाईछ ।
उहाँका अनुसार अस्थाई अस्थाई प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी सबै घाइतेलाई उपचारका लागि भरतपुर पठाएको हो । अहिले एम्बुलेन्स भने घटना स्थलमै रहेको प्रहरीले जनाएको छ ।  तस्वीर: रोबिन छेत्रि