मृत्यु (कविता)

मृत्यु  (कविता)

मृत्यु हाम्रो शत्रु होइन
मृत्युु हाम्रो विरुद्ध होइन
हाम्रो दुस्मन पनि होइन
सबै कुराले छोडेर जाँदा
जो कुरेर साथै बसिरहन्छ
जो आफ्नै साथमा छ
त्यो कसरी शत्रु हुन सक्छ
मृत्युको त्रासबाट ग्रस्त मनिस
आफ्नै सुरक्षामा व्यस्त छ
लडेर, चिप्लिएर, रेबिज, क्यान्सर,
रुघाखोकी वा गाईको लात्तो र
घाटीमा हड्डी अड्किएर भएको छ मृत्यु
जीवनका सबै खाल्डाहरुबाट जोगिँदै,
तर्किँदै, दयाको याचना गर्दै, माफि माग्दै
सय वर्ष बाँच्न सकिन्छ
सत्य, त्रेता, द्वापर युगमा
हजारौँ वर्षको आँयुमा पनि
जसका लागि मृत्यु लाचार क्षण थियो
लाचार मृत्युुदेखि घृणा लाग्छ
नमर्नको लागि खानु पर्ने
खानको लागि जुध्नुपर्ने
जुध्नको लागि फेरि खानु पर्ने
मृत्युुका अनेक सम्भवना एक
साहासिक, स्वाभिमानी मृत्युको छनोट
हामी जस्तै मृत्युुभित्र
जीवन बिताइरहेकाले अत्याचारको जाल बुनेर
हामीमा नै शासनको खेल खेलिएको छ
हामीले मृत्युु रोज्न नजान्दा
तिनिहरुले हामीलाई दासताको जीवन
र अनाथको मृत्युु उपहार दिएका छन्
कायरहरुको पनि मृत्युु हुन्छ
जसरी सहिद, विद्वान, त्यागी, योगी मर्छन्
कायरको मृत्यु मुनै उर्जा हुँदैन
मृत्युु रलाई सिँगार्न सक्दा
झन् चम्किलो हुन्छ जीवन
लाज लाग्दो, घिन लाग्दो, दया लाग्दो
लाचार मृत्युु किन मर्नु ।
नमरी नहुने भएपछि
किन आँफैले मृत्युु नरोज्ने
किन छानेको मृत्युु नमर्नू
मृत्युु त प्रिय साथि हो हाम्रो
जसलाई आफैँले रोज्नु पर्छ ।

कैलाश कोइराला
नेपाली काङ्गेस चितवन जिल्ला उपसभापति