धादिङका एक यूवक बृद्धको हत्या गरी टाउको झोलामा बोकेर प्रहरीलाइ बुझाए

धादिङका एक यूवक बृद्धको हत्या गरी टाउको झोलामा बोकेर प्रहरीलाइ बुझाए

धादिङ,१९ भदौ । एक युवकले ६५ वर्षीय पुरूषको हत्या गरी प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन्।

धादिङका २६ वर्षीय राजु परियारले खुल्ला स्थानमा ६५ वर्षीय सोम बहादुर गुरूङको हत्या गरेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङ का एसपी रविन्द्र रेग्मीका अनुसार हत्या बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका–१३ खलचेत भन्ने ठाँउमा भएको थियो।हत्या गरेपछि राति १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर परियार प्रहरी कार्यालय पुगेका थिए।

हत्या गरेर टाउको र आफूले प्रयोग गरेको हतियार झोलामा ल्याएर प्रहरीमा आत्मसमर्पण गरेको एसपी रेग्मीले बताउनुभयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती पुरूषले ठुलो विवाद नभइ आवेगमा आएर हत्या गरेका हुन्।

बाँकी शवलाई मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।