महामारीमा विद्यार्थीहरुका लागि स्वःअध्ययन

महामारीमा विद्यार्थीहरुका लागि स्वःअध्ययन

अर्जुन बहादुर खत्री

कुरिनटार

स्वःअध्ययन कोभिड १९ को कारणले नियमित हुन नसकेको विद्यालय स्तरको पठनपाठनको पुरकको रुपमा विद्यार्थीहरुका लागि प्रभावकारी विधिहुन सक्छ । सन् २०१९को डिसेम्वर महिनाको अन्तिमबाट चीनको वुहानबाट सुरु भई युरोप, अमेरिका हुँदै हाल विश्वका प्राय सबै जसो देशहरुमा फैलिसकेको कोरोनाले नेपालको विद्यालयदेखि विश्वविद्यालयका पठनपाठन तथा वार्षिक परीक्षाहरु पूर्णतया ठप्प छन्। चैत्र १० गतेदेखि शुरु भएको बन्दाबन्दी छिट्टै अन्त्य हुने आम  मानिसको आशा निराशामा त त्यतिखेर परिणत भयो जब केहि दिनको लागि खुला गर्दा कोरोना संक्रमण ह्वात्तै बढ्यो र सरकार पुनःबन्दाबन्दी गर्ने अवस्थामा पुग्यो ।
मानिसहरुलाई चैत्रको वार्षिक परीक्षा सकि सकेको अवस्थामा बन्दाबन्दी हुँदा पठनपाठनमा त्यति असर पर्दैन भन्ने थियो । जब यो बन्दाबन्दी वैशाख महिना सम्म थपियो पूनःभर्ना महिना भएकोले निरन्तर पठनपाठनमा खासै असर नपर्ने आँकलन गरियो । भौतिक दुरी कायम गरी विद्यार्थीहरुलाई पाठ्य पुस्तक वितरण गर्ने कार्य पनि सम्पन्न भयो । तर महिनाहरु वित्दै जाँदा स्थिति सामान्य अवस्थामा आउन सकेन । सरकारले वैकल्पिक सिकाई सहजिकरण निर्देशिका जारी गरी विभिन्न विकल्पहरु निर्धारण ग¥यो तर ती विकल्पहरु कत्तिको प्रभावकारी भए भन्ने कुरा सार्वजनिक भएको छैन। हाल शैक्षिक सत्र २०७७को पाँचौ महिनाचलिरहेको छ । टोल शिक्षा पनि चलाउन असम्भव भएकोले बन्दगरिएको छ ।अव साँच्चिकै बालबालिकाहरु नियमित पठनपाठनबाट यो वर्ष वञ्चित हुने चिन्ता आम अभिभावक, विद्यार्थी र शिक्षासँग सरोकार राख्ने सबैलाई बढेको छ ।यस परिस्थितिमा विशेष गरी विद्यालय तहका बालबालिकाहरुले कसरी स्वअध्ययन ( Self Study)  गर्न सक्छन् भन्ने विषयमा यो लेख केन्द्रित गर्न खोजिएको छ ।

स्वःअध्ययन भनेको के हो ?
विद्यार्थीहरुको आफ्नै अग्रसरतामा गरिने अध्ययन नै स्वःअध्ययनहो । ज्ञान, सिप र अभिवृत्ति आर्जन गर्ने एउटा महत्वपूर्ण तरिकाहो स्वःअध्ययन । यो एउटा सिकाईको नविनतम विधि हो । यसले सिकारुमा पढाइप्रति आत्म उत्प्रेरणा जगाई खोजमूलक र तथ्यपरक सिकाईको वातावरण सिर्जना गर्दछ । जव विद्यार्थीहरु कक्षाकोठामा शिक्षक र विद्यार्थीहरुविचमा हुने अन्र्तक्रियाबाट वञ्चित हुन्छन् तव स्वःअध्ययनको भूमिका महत्वपूर्ण हुन्छ ।
स्वःअध्ययनको महत्व
– स्वःअध्ययनले विद्यार्थीहरुमा पढ्ने रुचि बढाउँछ ।
–  निरन्तर पठनपाठन नभएको वर्तमान परिवेशमा विद्यार्थीहरुलाई आफ्नो कक्षाका विभिन्न विषयका पाठ्यवस्तुसँग चिरपरिचित गराउँछ ।
–  अध्ययन गर्ने बानीको विकास गर्न र निरन्तरता दिन सघाउँछ ।
–विद्यार्थीहरुमा आत्मविश्वास बढाउँछ ।
– विद्यार्थीहरुमा घोकन्ते भन्दा खोजमूलक अध्ययनमा लाग्न उत्प्रेरणा जगाउँछ ।

– उनीहरुमा आफ्ना विचारहरु साथीहरुसँग आदानप्रदान गर्न चासो जगाउँछ ।
स्वःअध्ययन गर्ने व्यवहारिक तरिकाहरु
– आफूलाई मन पर्ने विषयका विषय वस्तुहरु सरसर्ति हेर्ने र मन पर्ने विषय वस्तु पढी अभ्यास गर्ने ।
–नेपाली भाषा विषयमा आफूलाई मन पर्ने कथा, कविता तथा पाठ पढ्ने र अभ्यास गर्ने वा महत्वपूर्ण कुराहरुको नोट बनाउने, पाठ पढ्दै गर्दा गाह्रो शब्दहरु टिपोट गर्ने उक्त शब्दहरुको शब्द भण्डारमा अर्थ खोज्ने र वाक्यमा प्रयोग गर्ने। कविताहरु लय हालेर सस्वर वाचन गर्ने । कथा, कवितातथा नाटक पढीसकेपछि आफूलाई मनपर्ने पात्रको बारेमा एक दुई अनुच्छेद लेख्ने, पात्रलाई सम्बोधन गरेर चिठी लेख्ने । कोभिड १९ का कारणहरु, लक्षणहरु, बच्ने उपायहरु समेटि आफ्नो घरबाट टाढा रहेका आफन्तहरु वा आफ्नो साथीहरुलाई पत्र लेख्ने ।

 

– In English language, the students can read poems, stories and dramas given in the book. They can read poem aloud and record in the mobile. They can read stories and dramas and write a short description about the character they like most. They can identify different classes of the words included in the texts. They can note down difficult words from the text, find the meanings in the dictionary or in google and use them in sentences. They can answer comprehension questions. They can engage themselves in various writing activities such as writing short paragraphs, bio-data, essays and letters. They can write about their own village/town, school, religious or historical places, the person they like most and any national or international figures in the form of paragraphs, essays, letters and biographies. They can write letters describing the causes, symptoms and measures of Covid 19 to the relatives who live in abroad and their friends.They can prepare postcards, invitation cards, condolence, sympathy, etc. in colourful way. They can do grammar exercises, too.

–  विज्ञान विषयका विभिन्न विषयवस्तु सम्बन्धि चित्रहरु बनाउने, विभिन्न भागहरुकानाम लेख्ने, रङ लगाउने, आफ्नो कोठामा टाँस्ने ।सारांशहरु अध्ययन गर्ने । इन्टरनेटको सुविधा भएमा युट्युवमा पाठसँग सम्बन्धित विभिन्न भिडियोहरुहेर्ने छोटा छोटानोटहरु तयार पार्ने, शिक्षकहरुलाई पठाउने र पृष्ठपोषण लिने । विज्ञानका व्यवहारिक कार्यसँग सम्बन्धित भिडियोहरु हेर्ने र उपलब्ध सामग्रीहरुको प्रयोग गरी व्यवहारिक कार्य गर्ने ।
–  सामाजिक तथा सिर्जनात्मक विषयका विषयवस्तुहरुका बारेमा आफ्ना अभिभावक, छिमेकी र बुद्घिजिवीहरुसँग सोधपुछ गर्ने, छलफल गर्ने, चासो राख्ने र प्राप्त सूचनाको आधारमा नोट तयार गर्ने । नक्सा बनाउने कार्य परीक्षाको दृष्टिकोणले प्रायजसो सबै कक्षाहरुमा महत्वपूर्ण हुने भएकोले विभिन्न विशेषता भरेर नक्सा बनाउने, रङ लगाउने । इन्टरनेटको उपलब्धता छ भने पाठसँग सम्बन्धित भौगोलिक तथा ऐतिहाँसिक ठाउँहरुका चित्रतथा भिडियोहरु हेर्ने र नोट बनाउने ।आफू बसेको समुदायमा रहेका सामाजिक विकृति विसंगतिहरुको बारेमा अभिभावकसँग सोधपुछ गरी तिनीहरुका कारणहरु, समाजमा पर्ने नकारात्मक असर र विकृति हटाउन के गर्नुपर्ला आदि कुराहरु समेटि छोटो प्रतिवेदन तयार गर्ने । स्थानीय सरकारले आफ्नो क्षेत्रमा गरेका विकासका कार्यहरुको सूची बनाउने ।

–  गणित विषयमा विद्यार्थीहरुले आफूलाई मन पर्ने हिसाबहरु गर्ने, नजिकका साथीहरुसँग छलफल गरी गणितीय समस्याहरु हल गर्ने । सूत्रहरु कण्ठ गर्ने । सजिला क्षेत्रहरु जस्तै तथ्यांक शास्त्र, सेटहरु , कर कमिशन र घरायसी अंकगणितका अभ्यासहरु गर्ने, शिक्षकहरुसँग फोनबाट वा म्यासेन्जरबाट सम्पर्क गरी आवश्यक पृष्ठपोषण लिने ।सानो कक्षाका विद्यार्थीहरुले गुणन टेवल(Multiplication Table)पढ्ने, सामान्य जोड, घटाउ, गुणन र भागका हिसावहरु गर्ने ।

–  आफूलाई मन पर्ने दृष्यहरुका चित्रहरु बनाउने, आमाबुबा र परिवारका अन्य सदस्यहरुलाई देखाउने, पृष्ठपोषण लिने ।
– यदि इन्टरनेटको सुविधा छ भने आफूले गरेका कार्यहरु फेसबुकमा अपलोड गर्ने, म्यासेन्जरमा साथीहरुलाई, शिक्षकहरुलाई पठाउने र पृष्ठपोषण लिने दिने ।
– सबै विषयहरुको लागि समय विभाजन गरी हरेक दिन बिहान, दिउँसो र बेलुकी कति घण्टा पढ्ने हो स्पष्ट कार्यतालिका बनाउने, आफ्नो कोठामा टाँस्ने र सोहिअनुसार अध्ययन गर्ने बानी बसाल्ने ।

विद्यार्थीहरुको प्रभावकारी स्वःअध्ययनको लागि अभिभावकहरुको भूमिका
–  आफ्ना बालबालिकाहरुलाई पढ्नको लागि निश्चित समय छुट्याईदिने, त्यो समयमा पढ्नको लागि उत्साहित बनाउने र उनीहरु पढेनपढेको कुरामा निगरानी राख्ने ।
–पढ्न आवश्यक पर्ने पाठ्यपुस्तक, कापी, कलम, पेन्सिल, कलर लगायतका सामग्री उपलब्ध गर्ने ।
– उनीहरुको सानो उपलब्धिमा पनि धेरै भन्दा धेरै हौसला दिने तर निरुत्साहित नगर्ने ।
–उनीहरुले शिक्षकहरुसँग वा जान्ने साथीहरुसँग सम्पर्क गर्न खोज्दा मोवाइल छ भने सो समयमा उपलब्ध गराउने ।
–  इन्टरनेटको सुविधा भएमा नानीहरुलाई उनीहरुको विषयवस्तुसँग सम्बन्धित चित्रहरु, भिडियोहरु हेर्न उत्साहित गर्ने, सम्बन्धित भिडियोहरु हेरे नहेरेको निगरानी गर्ने, भिडियो हेरेर सिकेका कुराहरु टिपोट गरी देखाउन लगाउने ।
– आफ्नो बालबालिकाहरुका कामहरु परिक्षण गर्न नजिकको जान्ने व्यक्तिसँग समन्वयगर्ने ।
–  बालबालिकाहरुका सानो सानो चासोहरु सुनिदिने र आफूले सक्दो प्रतिक्रिया दिने ।
अन्त्यमा, कोभिड १९ को कारणले नियमित पठनपाठन नभएको अवस्थामा तमाम विद्यार्थीहरु,अभिभावकहरु र शिक्षाका सरोकारवालाहरुमा उब्जिएको चिन्तालाई निर्मूल गर्न स्वःअध्ययनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । विद्यार्थीहरुले स्वःअध्ययनलाई सिकाईको प्रभावकारी तरिकाको रुपमा अवलम्बन गर्न सक्छन् जसका लागि अभिभावकहरुले उचित वातावरण सिर्जना गर्नु पर्दछ ।स्वःअध्ययनले विद्यार्थीहरुलाई आफ्ना पाठ्यवस्तुसँग चिरपरिचित गरी पढ्ने बानीको विकास तथा निरन्तरता दिन सघाउने कुरामा दुइमत नहोला ।

 

लेखक सर्वशान्ति मावि कुरिनटार चितवनका मावि शिक्षक हुनुहुन्छ ।