गण्डकी गाउँपालिका ८ घ्याल्चोकमा कोरोना संक्रमित भेटिएपछी पातलिदेवी स्कुल क्षेत्र सिल।

गण्डकी गाउँपालिका ८ घ्याल्चोकमा कोरोना संक्रमित भेटिएपछी पातलिदेवी स्कुल क्षेत्र सिल।

घ्याल्चोक २४ भदौ- गोर्खाको गण्डकी गाउँपालिका ८ घ्याल्चोकको पातलिदेवी आधारभूत विद्यालय क्षेत्र सिल गरिएको छ।                                                                                      केही दिन अगाडि चितवनको राप्ती नगरपालिकामा एक वृद्धको काजकिरियामा  सहभागी भएकि घ्याल्चोक निवासी वृद्धमा आज कोरोना पिसिआर रिपोर्ट पोजिटिभ आएपछी उक्त क्षेत्र सिल गरिएको गण्डकी गाउँपालिका ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मिले जानकारी दिनुभएको छ। चितवनको राप्तीमा आफ्नै आमाको काजकिरियामा रहेको बेला मृत वृद्धआमाको कोरोना पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि काजकिरियामा सहभागी भएका सम्पुर्णलाई सेल्फ क्वारेन्टाइनमा सुरक्षित सङ बस्न आग्रह गरिए सङै घ्याल्चोक निवासी वृद्धपनि सुरक्षित रुपमा आफ्नै घरको क्वारेन्टाइनमा बसेको बुझिएको छ।                                                                                               संक्रमण पुष्टि भएकी महिलाको उपचार प्रक्रिया के गर्ने भन्ने बारे भोलीमात्र निर्णय हुने बुझिएको छ।पातलिदेवी क्षेत्र सिल गरिएपछि उक्त क्षेत्रमा हुने स्वास्थ बाहेक जुनसुकै मानवीय कामकारबाहीमा प्रतिबन्ध लगाइएको छ।